Sajhamanch Archive

राजधानीको मौसम बदली, मेघ गर्जनसहित वर्षा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । आज बिहानैदेखि राजधानीको मौसममा बदली देखिएको छ ।

बिहान करिब ५ बजेतिर मेघ गर्जन सहित वर्षा भएकोमा अहिले छिटपुट वर्षा भइरहेको छ ।

मौसमविद् बरुण पौड्यालले बाह्रखरीसँगको कुराकानीमा जनाए अनुसार पश्चिमी वायुका कारण मौसममा गडबडी भएको हो ।

पश्चिमी वायु देशको पश्चिमी भूभागबाट मध्य भाग हुँदै पूर्वतिर गइरहेको बताउँदै भोलि सम्ममा पश्चिमी र मध्य भागमा सुधार हुने र विहीबारदेखि देशका सबै भूभागमा मौसम सुधार हुने मौसमविद् पौड्यालले जानकारी दिए ।

जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा देशका अधिकांश स्थानहरूमा आज दिउँसो सामान्यदेखि पूर्ण बदली रहने तथा केही स्थानहरुमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, राति देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा पश्चिमी भूभागहरुमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

मध्य र पुर्वीपहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको जनाइएको छ ।

भोलि बुधबार दिउँसो देशको पूर्वी भूभागमा र अन्य पहाडी भूभागहरुमा आंशिक बदली हुनुका साथै बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

पूर्वी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट वर्षाको संभावना रहेको जनाइएको छ ।

त्यस्तै भोलि राति पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

विहीबार पनि पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

१२खरीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *