Sajhamanch Archive

पुनर्स्थापना केन्द्रको स्थापना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

डोटी । डोटीको जोरायल गाउँपालिकामा अपांगता भएका व्यक्तिका लागि प्राथमिक पुनर्स्थापना कक्ष स्थापना गरिएको छ।

अपांगता भएका व्यक्तिहरूका लागि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक प्राथमिक पुनर्स्थापना कक्ष स्थापना गरिएको हो।

रायल गाउँपालिका र युएमएन डोटीको सहयोगमा अपांग सेवा संघ डोटीले पुनर्स्थापना कक्षको स्थापना गरेको हो।

अपांग भएका व्यक्तिको पहिचान गरेर फिजियो थेरापी पद्धतिबाट उपचार गर्नका लागि केन्द्र स्थापना गरिएको अपांग सेवा संघ डोटीका कार्यक्रम संयोजक नवराज जोशीले बताए।

अपांगता रोकथाम तथा पुनर्स्थापना गर्ने उद्देश्यका साथ गाउँपालिका र युएमएन मिलेर सुरु गरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए।

पहाडी जिल्लामा पहिलो पटक यस्तो कक्ष सुरु गर्नु गाउँपालिकाका लागि खुसीको कुरा भएको अपांग समन्वय समितिका संयोजक तथा जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताइन्।

उक्त पुनर्स्थापना कक्षमा हाललाई फिजियो थेरापीका लागि युएमएनले व्यवस्थापन गर्ने र पछि गाउँपालिकाले व्यवस्था गर्ने संयोजक बोहराले बताए।

पुर्नस्थापना कक्षको जोरायल गाउँपालिकाका अध्यक्ष ओझाले उद्घाटन गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *