Sajhamanch Archive

गाडीको ठक्करबाट अर्नाको मृत्यु, तीन यात्रु घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

उदयपुर । सुनसरीको कोशी गाउँपालिका(७ बुधबार बिहान पिकअप गाडीको ठक्करबाट जंगली अर्ना मरेको छ, भने पिकअपमा सवार ३ जना यात्रु घाइते भएका छन्।

पूर्व पश्चिम लोकमार्गमा लु२च ५९५८ नम्बरको पिकअप गाडीले बाटो काट्दै गरेको अर्नालाई ठक्कर दिँदा अर्ना घटनास्थलमै मरेको हो साथै उक्त भ्यानमा सवार तीन जना घाइते भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रहरी प्रवक्ता तथा सूचना समन्वय अधिकारी प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेका अनुसार सडकमा पल्टिँदा चालक दाङ गडुवा गाउँपालिका २ का १८ वर्षीय चन्द्र चौधरी, वर्ष ४१ का ज्ञानप्रसाद चौधरी र वर्ष ३८ का जीतराम चौधरी घाइते भएका छन्।

उनीहरूको उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जानकारी दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *