Sajhamanch Archive

दुई सातामा चार विद्युत् ट्रान्सफर्मर चोरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by .

कपिलवस्तु । कपिलवस्तुको पश्चिमी क्षेत्र कृष्णनगर नगरपालिका क्षेत्रमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढेको छ।

पछिल्लो दुई साताभित्र नेपाल विघुत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका चार वटा ट्रान्सफर्मर चोरी भएको छ ।

ट्रान्समिटर चोरी भएपछि उक्त क्षेत्रमा बिद्युत आपूर्ति बन्द भएको छ।

एउटा ट्रान्सफर्मरको २० लाख रुपैयाँ पर्ने विद्युत प्राधिकरण कार्यालय कृष्णनगरका प्रमुख लक्ष्मीकेशर अगंजाले जानकारी दिए।

कार्यालयका अनुसार गत फागुन १५ मा बहादुरगंजमा सिंचाइ आयोजनाको ५० केभिएको, फागुन १७ मा सफरमा सिंचाइ आयोजनाको २५ केभिएको ट्रान्सफर्मर चोरी भएका छन्।

यस्तै, चैत २ गते दयानगर स्थित जय अम्बे रोडा उद्योगबाट समेत ४०० केभिए र चैत ६ मा सौनहवामा १०० केभिएको ट्रान्सफर्मर चोरीको प्रयास गरिएको थियो।

ती ट्रान्सफर्मर बढी तौलको भएकाले चोरले लान नसकेको विद्युत कार्यालयका कर्मचारीहरुको भनाइ छ।

यता कृष्णनगर–१० सौनहवामा रहेको १०० केभिएको ट्रान्सफर्मर चोरी भएको एक साता नबित्दै चैत १४ गते विजयनगर गाउँपालिका–५ पिपरीमा १०० केभिएको ट्रान्सफर्मर चोरी भएको कार्यालय प्रमुख अगंजाले जानकारी दिए।

यस ट्रान्सफर्मरबाट विजयनगर गाउँपालिकाको कार्यालयमा विद्युत सप्लाइ हुने गरेको थियो।

नागरिकले रेखदेख गर्नु पर्ने ट्रान्सर्फमर चोरी भएपछि समस्या भएको कार्यालय प्रमुख अगंजाको भनाइ छ।

ट्रान्सफर्मरभित्र रहने तेल र तामाको तार महँगोमा बिक्री हुने भएकाले चोरी बढेको हुन सक्ने अनुमान गरिएको छ।

ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ आयोजनामा सिंचाइ रोकिएको छ।

सौनहवामा ट्रान्सफर्मर चोरी भएयता त्यहाका ७० बढी घर परिवार अन्धकारमा बाध्य छन्।

चोरी आतंक बढेपछि प्रहरीलाई समेत निगरानीमा जटिलता थपिएको छ।

कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले चोरमाथि निगरानी बढाइएको बताए।

थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *