Sajhamanch Archive

मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा बुधबार राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स १ त ३७७७ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरका २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार कर्जन्हा नगरपलिका–१० का १७ वर्षीय मो इरफान शेख घाइते भएका छन्।

घाइते शेखको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *