Sajhamanch Archive

अब बलिउड फिल्म खेल्दै अभिनेता अनमोल केसी

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by .

ईटहरी । नेपाली फिल्म क्षेत्रमा निकै चर्चा कमाएका अभिनेता अनमोल केसीलाई बलिउडबाट अफर आएको छ ।

चर्चित निर्देशक पेमा धोन्डुपले निर्देशन गर्ने फिल्ममा अभिनेता अनमोल केसीलाई अफर आएको हो।

यस फिल्ममा अपोजिटको लागी श्रीदेबी कि छोरी जान्हवी कपूर रहने समाचारमा जनाइएको छ ।

चैत १ गते प्रदर्शनमा आएको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक समेत रहेका पेमा धोन्डुप ले निर्देशन गर्ने यस फिल्ममा अभिनेता गुशलन ग्रोवरको पनि अभिनय गर्ने बताइएको छ ।

फिल्मको स्क्रिप्टमा काम भइरहेको फिल्मको लागत १० करोड आसपास हुने बुझिएको छ ।

यसो त यस अघि पनि अनमोलले एक बलिउड फिल्म साइन गरेको खबर आएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *