Sajhamanch Archive

‘बिरामी बोक्न एम्बुलेन्स छैन, म कसरी गाडी चढ्न सक्छु’ भन्दै गाडीको सट्टा एम्बुलेन्स किन्ने उपमेयर तामाङ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

काठमाडौँ । गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्नका लागि दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङले आफ्नो सुविधा गाडी नलिने भएकी छिन् ।

नगरपालिकाले तामाङलाई सवारी सुविधाका लागि ३० लाख रकम उपलब्ध गराएको थियो ।

तर उनले आफ्नो सवारी सुविधा त्यागेर गाउँका विरामी बोक्ने एम्बुलेन्स खरिद गर्ने निर्णयमा पुगेकी छिन् ।

सवारी साधनबापत छुट्टयाइएको रकम शिक्षा र स्वास्थ्यमा खर्च गरेकी छिन् ।

‘मेरो सवारी सुविधाका लागि ३० लाख रकम छुट्टयाइएको थियो तर मलाई लिन मन लागेन’ उनले भनिन् ‘एम्बुलेन्स नभएपछि गाउँमा विरामीहरुले ज्यान गुमाइरहेका छन् ।

सुविधाका गाडी लिनुभन्दा विरामी बोक्ने एक्बुलेन्स किन्न पैसा दिन उपयुक्त ठाने ।
एम्बुलेन्स खरिदका लागी उनले ५ लाख दिएकी छिन् । बचेको रकम उनले शिक्षा क्षेत्रमा खर्च गरेकी छिन् ।

कृषि प्राविधिक विद्यालय सञ्चालन गर्न बजेट पुगेन।

उनले बिद्यालयलाई सवारी सुविधाको रकम दिइन ।

‘गाडी भन्ने कुरा त पछि पनि चडौला, तर अहिले कृृषि प्राविधिक बिद्यालय चल्न आवश्यक परयो’ उनले भनिन् ।

२५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु माध्यमिक विद्यालयलाई कृषि प्राविधिक चलाउन रकम दिएकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *