Sajhamanch Archive

नेकपा अध्यक्ष प्रचण्ड ४ बजे नेपाल आइपुग्ने

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं। नेकपा अध्यक्ष प्रचण्ड आज बिहिबार ४ बजे नेपाल आइपुग्ने भएका छन् ।

अमेरिकाबाट इतिहाद एयरको विमानमा आएका प्रचण्ड अहिले दुबई ट्रान्जिटमा रहेको जनाइएको छ । प्रचण्ड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ४ बजे पुग्ने भएपछि उनलाई स्वागत गर्न नेकपाका नेता कार्यकर्ता त्यहाँ जाने सुरसार कसेका छन् ।

अध्यक्ष प्रचण्डलाई स्वागत गर्न पार्टीका केन्द्रिय नेताहरु जाने भन्ने पार्टीमा आन्तरिक तयारी भएपनि जनवर्गिय संगठनका नेता कार्यकर्ता समेत विमानस्थल जाने तयारी थालेका छन् ।

प्रचण्ड अमेरिका पत्नी सिता दाहालको उपचारार्थ गएका हुन भने उनले त्यहाँस्थित नेपाली दुतावासका कर्मचारी तथा अमेरिकी सरकारी स्तरका व्यक्तिसँग राजनीतिक भेटवार्ता गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *