Sajhamanch Archive

ट्राफिक जाम हटाउन अब रिङरोडमा सार्वजनिक बसलाई छुट्टै लेन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थित गर्न चक्रपथ रिङरोडमा सार्वजनिक सवारी साधनका लागि छुट्टै लेन बनाउने तयारी गरिएको छ ।

हिलो चरणमा रिङरोडमा सार्वजनिक सवारी लेन छुट्टयाउन सरकारले आसन्न लगानी सम्मेलनमा ‘बिआरटी’ बस र्यापिड ट्रान्जिट परियोजना प्रस्ताव गर्दैछ।

काठमाडौंका लागि भने आठ लेनको रिङरोडमध्ये बीचका दुई लेन सार्वजनिक यातायातका लागि छुट्टयाउने लगानी बोर्डको प्रस्ताव हो।

चिनियाँ सहयोगमा रिङरोड आठ लेनको बन्दैछ।

जसअनुसार कोटेश्वरदेखि कलंकीसम्म आठ लेन निर्माण पूरा भइसकेको छ भने दोस्रो चरणमा कलंकीबाट महाराजगन्जसम्म बनाउने तयारी छ।

‘बिआरटी’मा सडकको एक वा दुई लेनमा सार्वजनिक सवारीमात्र गुड्न पाउने गरी छुट्टयाइन्छ।

सार्वजनिक बस चलेको बेला उक्त लेनमा अरू गाडी घुस्न पाउँदैन।

ट्राफिक जाम हुँदा सडकका अरू लेनमा आवागमन रोकिए पनि ‘बिआरटी’ लेनमा सार्वजनिक गाडी निर्वाध गुडिरहेका हुन्छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *