बिर्तामोड र इटहरीमा जूम ग्राण्ड ब्युटी सेमिनार हुँदै
Published: (Updated: )
by .बिर्तामोड । जूम ब्युटी एकेडेमी विथ मेकअप स्टुडियो काठमाडौंले भोलि चैत १६ गते इटहरीमा र चैत १८ गते बिर्तामोडमा जूम ग्राण्ड ब्युटी सेमिनार आयोजना गर्ने जानकारी दिएको छ ।
ब्युटिसियनहरुले आधुनिक सीप सिक्न काठमाडौँसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले जूम ब्युटी एकेडेमीले प्रदेश १ लाई लक्षित गरी यस्तो सेमिनार गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।
आज बिहान बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जूम ब्युटी एकेडेमी विथ मेकअप स्टुडियोका म्यानेजर निरम बस्नेतले सेमिनारमा ब्युटीसयनहरुको सहभागिताका लागि नाम दर्ता गर्न सहज होस् भन्ने उद्देश्यले पत्रकार सम्मेलनमार्फत यो सूचना प्रवाह गरेको जानकारी गराइन् ।
सेमिनार इटहरीको दुर्गा पार्टी प्यालेसमा चैत्र १६ गते र बिर्तामोडको होटल हिकोला हेरिटेजमा चैत्र १८ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गरिने जनाइएको छ । सेमिनार सशुल्क हुने र बढीमा २०० जनाका दरले सहभागिता गराइने जूम ग्राण्ड ब्युटी सेमिनारका संयोजक बस्नेतले बताइन् ।
ब्युटी सेक्टरलाई इन्टरनेशनल लेवलको बनाउने, सम्पन्न मुलुकमा प्रयोग गरिएका आधुनिक प्रविधि र कलालाई नेपालमा भित्राउने उद्देश्यले २०५८ साल चैतमा यो मेकअप स्टुडियोको स्थापना गरिएको बस्नेतको भनाई छ ।
वैदेशिक रोजगरीमा जान चाहने महिलालाई आवश्यक परेको तालिम स्वदेशमै उपलब्ध गराउने तथा देशभित्रै सेवारत ब्युटीसियनहरुलाई आवश्यक पुनःताजगी तालिम दिएर समय सापेक्ष गराउने यो एकाडेमीको लक्ष्य रहेको जनाइएको छ ।
यसैगरी सौन्दर्य व्यवसाय सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने, रोजगारी प्रदान गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने, बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले जूम ब्युटी एकेडेमी विथ मेकअप स्टुडियोले विभिन्न समयमा देशका विभिन्न स्थानमा आएर तालिम तथा सेमिनारहरु सञ्चालन गर्ने गरेको छ ।
जूम ग्राण्ड ब्युटी सेमिनारमा मेकअपको आधुनिक प्रविधि पेनलेस वाक्स, केरातिन हेयर स्मुथिङ र ब्रैडल मेकअप तथा रोयल जुरोलगायत सौन्दर्य व्यवसायका विविध विषयमा विस्तृत जानकारी दिने गरी डेमोन्स्ट्रेशन गरिनेछ ।
सम्पूर्ण प्रोफेसनल ब्यूटीसियन तथा ब्यूटी सम्बन्धी तालिम लिइरहेका प्रशिक्षार्थी लगायत मेकअप आर्टिस्टलाई लक्षित गरेर आयोजना गरिएको सो सेमिनारमा आयोजक तथा जूम ब्युटी एकेडेमीका संस्थापक क्रिशप त्वनाबासु तथा जुनु चक्रधरले डेमोन्स्ट्रेशन गर्ने व्यवस्था मिलाइएको तालिम संयोजक निरम बस्नेतको भनाई छ ।
Comments