Sajhamanch Archive

काँकरभिट्टामा स्वामीजीलाई नागरिक स्वागत

Published: in समाज by .

काँकरभिट्टा । त्रिदण्डी चिन्न श्रीमन्नारायण रामानुज स्वामीजीलाई शुक्रबार झापाको मेचीनगरमा स्वागत गरिएको छ ।

विराटनगरमा भइरहेको भगवत प्राणप्रतिष्ठा समारोहमा सहभागी हुन भारतको दिल्लीबाट बागडुगरा हुँदै विराटनगर जाने क्रममा काँकरभिट्टामा आएका उनलाई स्वागत गरिएको हो ।

मेचीनगर नगरपालिकाले स्वामीजीको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको थियो । मेची भन्सार कार्यालयको यात्रु शाखा परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख विमल आचार्य, प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्याल लगायतले उनको स्वागत गरेका थिए ।

आफ्नो स्वागतमा उपस्थित मानिसहरुलाई स्वामीजीले आशीर्वचन प्रदान गरेका थिए । चैत १६ गते भोलि विराटनगरमा उनको नागरिक अभिनन्दन गरिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *