Sajhamanch Archive

विद्यार्थीले गरे प्रहरी भ्यानमा आगजनी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

बारा । बाराको जीतपुर बजारमा विद्यार्थीले प्रहरी भ्यानमा आगजनी गरेका छन्।

माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्र बाहिरिपछि परीक्षा स्थगित गरेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीले जीतपुरस्थित इलाका प्रहरी कार्यालयको ना१झ ७१२ नम्बरको भ्यानमा आगजनी गरेका हुन्।

अहिले जीतपुर तनावग्रस्त भएको छ।

बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ।

विद्यार्थीले घरको छतबाट प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन्।

प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको छ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहर गरेको छ भने दर्जनभन्दा बढी हवाई फायर समेत गरेको छ।

आक्रोसित विद्यार्थीहरुले प्रहरीको एक भ्यानमा आगो लगाइदिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

विद्यार्थीहरु सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका बेला प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुले प्रहरीले अवरोध हटाउने बहानामा विद्यार्थीहरु माथि हातपात गरेको, छात्रहरुलाई दुर्ब्यबहार गरेको आरोप लगाएका छन्।

झडपका क्रममा आधा दर्जन जति विद्यार्थी र केही प्रहरीसमेत घाइते भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *