Sajhamanch Archive

नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

नवलपुर । नवलपुरको कावासोती १६ डण्डा भन्ने स्थानमा ना ५ ख २८१० नम्बरको बसले ना ३६ प ३६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बिनयी त्रिवेणी गाउँपालिका ३ घर भइ कावासोती नगरपालिका ८ बस्ने ३१ वर्षीय शेरबहादुर झेडीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार बौदीकाली घर भई कावासोती नगरपालिका ८ नै बस्ने २० वर्षीय अमृत बस्ताकोटी घाइते भएका छन ।

बस्ताकोटीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *