Sajhamanch Archive

देशभरिकै मौसम बदली, केही दिन मौसम नखुल्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।

पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली पश्चिममा कमजोर हुँदै गएकाले आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ ।

तर काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रको मौसम भने सामान्यतया बदली भई दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने उहाँको अनुमान छ ।

यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना छ । अहिले बदली गराएको प्रणाली पूर्वमा अझै रहने देखिएकाले मध्य र पूर्वको मौसम एक दुई दिन पूर्ण रुपमा खुल्ने सम्भावना नभएको मौसमविद् मन्जु बासीले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *