Sajhamanch Archive

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तालिका सार्वजनिक

Published: in खेलकुद, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । आगामी बैशाख ५ गतेदेखि प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तालिका सार्वजनिक भएको छ।

शुक्रबार आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले शनिबार जारी गरेको खेल तालिकाअनुसार बाँकेमा १७ वटा खेल हुने छन्।

प्रतियोगीता अन्तर्गतको धरैजसो खेल बाँकेमा हुने भएको छ।

त्यसैगरी, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौंमा एक एक खेल आयोजना गरिनेछ।

बैशाख ५ गते औपचारिक रूपमा उद्घाटन गरिने प्रतियोगिता अन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुने छन्।

यसैगरी, दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुने छन् भने रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ।

बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौंमा गल्फ प्रतियोगिता गरिने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

प्रतियोगिता प्रदेश ५ मा आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौंमा गर्न लागिएको हो।

प्रतियोगिताको औपचारिक उद्घाटन आगामि वैशाख ५ गते नेपालगञ्ज रंगशालामा र समापन पनि बैशाख ११ गते सोही रंगशालामा गरिनेछ।

गत मंसिरमै तय भएको प्रतियोगिता पूर्वाधार तयार नहुँदा पटक–पटक सर्दै आएको थियो। राखेपको शुक्रबार बसेको सञ्चालक समिति बैठकले प्रतियोगिता बैशाख ५ देखि गर्ने निर्णय गरेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *