Sajhamanch Archive

देशभरको मौसम बदली हुँदै, झापामा आइतबार वर्षात हुने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । पश्चिमी न्यूनचापीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । संलग्न वेदर फोरकास्टको चित्रमा देखाइएअनुसार झापामा भोलि आइतबार बिहानैदेखि वर्षा हुनेछ ।

शुक्रबारदेखि प्रवेश गरेको न्यूनचापीय वायुको प्रभावले अझै केही दिन देशका पूर्व र मध्य भू–भागको मौसम प्रभावित हुने महाशाखाका मौसमविद् मञ्जु वासीले बताइन् । तत्काल भारी वर्षाको सम्भावना नरहे पनि अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद् वासीको भनाई छ ।

उनका अनुसार प्रिमनसुनको समय भएका हुनाले वर्षा लामो समय हुनेछैन् छिनमै मौसमपरिवर्तन हुनेछ। उच्च हिमाली भू–भागमामा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

राति देशको अधिकांश स्थानमा सामान्य बदली रही पूर्वी र मध्य भू–भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।

आइतबार देशको पूर्वी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी–पश्चिमी स्थानका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराई भेगको केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *