झापामा साढे ८ महिनामा १६१ दूर्घटना, ५९ को मृत्यु
Published: (Updated: )
by .झापा । झापामा चालु आर्थिक वर्ष २०७५÷०७६ को चैत १७ गतेसम्मको साढे ८ महिनाको अवधिमा १६१ दूर्घटनामा भएको छ भने ५९ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गएको साउनदेखि हालसम्म १६१ वटा दूर्घटनामा परेर ५२ जना पुरुष, ६ जना महिला र १ जना बालकको ज्यान गइसकेको छ ।
कार्यालयका अनुसार १६१ वटा दूर्घटनामा परेर १२२ जनाभन्दा बढी गम्भिर घाइते भएका छन् भने ७२ भन्दा बढी सामान्य घाइते भएका छन् ।
धेरै दूर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेका छन् । ‘हरेक आर्थिक वर्षको तथ्याङ्कमा मोटरसाइकलको दूर्घटना संख्या बढिरहेको देखिन्छ’ ट्राफिक प्रहरी कार्यालय झापाका सई कालीदास रेग्मी बताउँछन् ।
उनका अनुसार सवारी साधन दूर्घटना बढ्नुको मुख्य कारण क्षमताभन्दा बढी यात्रु बोक्ने, तीब्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउनाले दूर्घटना बढेको छ । ‘जानी जानी ट्राफिक नियम उल्लंघन गर्दासमेत दूर्घटना बढेको देखिन्छ, सई कालीदास रेग्मीको भनाई छ ।
गत आर्थिक वर्ष २०७४÷०७५ को विवरण हेर्दा १७९ वटा दूर्घटनामा परेर १०५ जनाको मृत्यु भएका थियो । जसमा ८२ जना पुरुष, १६ महिला र ७ जना बालबालिका थिए भने २०९ जना घाइने भएका थिए । जसमा १४६ जना पुरुष, ४७ जना महिला र १६ जना बालबालिका रहेका थिए ।
रेग्मीले भने, ‘सवारी चालकहरु अराजक बन्दा पनि दुर्घटना बढेको हो ।’ बाटोेको अवस्था हेरेर सवारी चलाउनेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएता पनि चालक र सहचालकको लापरबाहीले पनि दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रेग्मीको भनाई छ ।
Comments