प्रधानमन्त्री ओली बारा प्रस्थान
Published:
by .भापा । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर बारातर्फ प्रस्थान गरेका छन्।
दुई दिने गृह जिल्ला बसाइका लागि आइतबार दमक आएका प्रधानमन्त्री ओली दोस्रो दिनको कार्यक्रम स्थगन गर्दै हावाहुरी प्रभावित प्रदेश २ को बारा र पर्सामा स्थलगल निरीक्षणका लागि गएका हुन्।
प्रधानमन्त्री ओली नेपाली सेनाको स्काइ ट्रकबाट हावाहुरी प्रभावित जिल्लातर्फ प्रस्थान गरेका हुन्।
गृह नगर दमकमा सोमबार बिहान दुई वटा कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली सोमबार दिउँसो १२ः२० बजे भद्रपुर विमानस्थलबाट उडेका हुन्।
प्रधानमन्त्री ओलीसँगै उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि प्रभावित जिल्लातर्फ प्रस्थान गरेका हुन्।
सोमबार दमकमा आयोजना गरिएका दुई वटा कार्यक्रमको समेत स्वरुप परिवर्तन गरी छोट्याइएका थिए।
पार्टी कार्यकर्तासँगको कार्यक्रममा सहभागी भएका उनले आफु लामो कुरा गर्न सक्ने अवस्था नरहेको भन्दै कुराकानी सुरु गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले अहिले औपचारीक कार्यक्रमभन्दा बारा र पर्सामा आइपरेको बिपत्तिमा पुग्नु महत्त्वपूर्ण भएकाले कार्यक्रमलाई धेरै समय दिन नसकेको बताए।
प्रधानमन्त्री ओलीले रातिनै प्रदेश २ का मुख्यमन्त्री, संघीय सरकारका गृहमन्त्री, सुरक्षा अधिकारीलगायतलाई टेलिफोन मार्फत राहत र उद्धारमा जुट्न निर्देशन दिइसकेको बताए।
कुराकानीका क्रममा उनले हावाहुरी पीडितको सहयोगमा जुट्न सबैलाई आह्वान समेत गरे।
भुकम्पपछि राहत, उद्धार तथा पुनर्निर्माणमा देखिएको एकतालाई उदाहरण दिँदै उनले सरकारका सबै संयन्त्र परिचालन गरेको र जनस्तरबाट पनि एकजुट हुनु पर्नेमा जोड दिए।
Comments