फरार व्यक्ति ९ वर्षपछि पक्राउ
Published:
by .काठमाडौं । प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत फरार रहेका रबिन पुलामी मगरलाई ९ वर्षपछि पक्राउ गरेर जेल पठाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जारी गरेको वक्तव्यमा जनाइएअनुसार कान्ती पराजुलीको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी रविन पुलामी मगर समेत भएको ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको २०६६ चैत १६ गतेको फैसला अनुसार सुनसरीको महेन्द्रनगर ४ घर भई काठमाडौं कामनपा ३५ बालकुमारी बस्ने रविन पुलामी मगरलाई ५ वर्ष कैद हुने ठहर भएको थियो ।
२०६३ साल मंसिर २३ गते राति ९ः३० बजे काठमाडौंको साविक कामनपा वडा नंं. ३५ पाल्पाकोट स्थित सडकमा ज्यान मार्ने मनसाय राखि प्रतिबादी रविन पुलामी मगर समेतले मछिन्द्र पराजुलीलाई घाँटी र टाउकोमा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको कसूरमा अदालतले सो फैसला गरेको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्ला अदालतमा पेश गरिएका प्रतिवादीलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झुम्का, सुनसरीमा पठाएको प्रहरीको वक्तव्यमा उल्लेख छ ।
Comments