ताप्लेजुङमा मानव कङ्काल भेटियो
Published:
by .ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा लुगा लगाएको मानव कङ्काल भेटिएको छ ।
सिकैचाको जङ्गलमा पुरुषको जस्तो देखिने कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले बताए ।
स्थानीय मानिसहरु हलो बनाउने काठ काट्नका लागि जङ्गल गएको बेला कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यो मानव कङ्काल कसको हो भन्ने नखुले पनि कपाल फुलेको, कालो ज्याकेट लगाएको र जुत्ता लगाएको देखिने प्रहरीले बताएको छ ।
उक्त कङ्काल २ दिनदेखि इलाका स्वास्थ्य केन्द्र तेल्लोकमा राखिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
Comments