Sajhamanch Archive

‘विभिन्न संस्कृति अंगाल्ने समुदायकाबीच महोत्सवले आत्मीयता बढाएको छ’

Published: in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , by .

बिर्तामोड नगरपालिका वडा नं. १०, झापा

जननिर्वाचित हुनुभएको २० महिनाको अवधिमा के–कस्ता कार्यहरु सम्पादन गर्नुभयो ?

भौगोलिक विविधता भए पनि बिर्तामोड वडा नं. १० अलिकति ओझेलमा परेको क्षेत्र हो । तर पनि विकासको योजनाको कुरा गर्दा धेरै नै कार्यहरु भइरहेका छन् । सैनिकमोडबाट गोलधाप जोड्ने बाटो बाहेक अन्य ४१ वटा बाटो बन्दैछन् । कुनै बनिसकेका छन् । यसै वर्षमा मात्र १३ वटा बाटाहरु बनाइसकेका छौं । कल्भर्टहरु, पूलहरु पनि बनिसकेका छन् । निर्माणाधीन बाटोहरु पनि काम तीब्र गतिमा गरिरहेका छौं ।

तपाईंको चुनावी घोषणपत्रमा उल्लेख गरिएको कार्यहरु कति पूरा गरेँ जस्तो लाग्छ ?

अरु पार्टीका साथीभाइहरुले घरघरमा गएर मलाई भोट दिनुस्, म यस्तो गर्छु त्यस्तो गर्छु भनेका थिए । तर मैले त्यस्तो कहीँ कतै पनि भनिँन । मैले आश्वासन दिइँन । घोषाणपत्र बनाएर मैले झुटो प्रलोभन पनि प्रस्तुत गरिँन । म यस्तो सोचाई भएको मान्छे, आश्वासन दिएर काम नगर्नुभन्दा नभनी काम पूरा गर्नु उपयुक्त ठान्दछु ।

यो अवधीमा तपाईंले प्रतिपक्षी दलहरुबाट सहयोग पाउनु भयो कि असहयोग झेल्नु पर्यो ?

अहिलेसम्म त सबै राजनीतिक दलका साथीहरुले मलाई साथ र सहयोग गरिरहनु भएको छ । मैले नेपाली कांङ्ग्रेस पार्टीको उम्मेदवार भएर विजयी भए तापनि मैले आफ्नो वडाका जनतालाई एउटै नजरले हेरेको छु र समान व्यवहार गरिरहेको छु । र, गर्छु पनि । यही कारण हुनसक्छ, मैले प्रतिपक्षी राजनीतिक दलहरुबाट भरपूर साथ पाएको छु ।

आर्थिक वर्ष २०७५/०७६ मा वडामा के कस्ता योजनाहरु सञ्चालन गर्ने लक्ष्यमा राख्नु भएको छ ?

अहिले बाटो बनाउँदैछौं । विघुत र खानेपानीको आपूर्तिमा सुधार हुँदैछ । विघुत र खानेपानीको लागि गएको साल १० लाख रुपैयाँ छुट्याएका थियौँ र अहिले पनि छुट्याइएको छ । खानेपानीको पर्याप्त आपूर्तिका लागि सहयोगी दाताहरु खोज्ने कार्य गरियो । तर सहयोग प्राप्त नभए पछि आफ्नै स्रोतबाट काम गरिरहेका छौं ।

आगामी वर्ष पनि वडाभित्रका बाटोहरु बनाउँदै लैजानेछौँ, बिजुलीका पोलहरु थपेर ग्रामीण विद्युतीकरण गर्नेछौं । युवा–विधार्थीका लागि वडास्तरीय विभिन्न रचानात्मक अनि सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्र्ने योजना बनाउदँै छौँ । पर्यटन प्रवद्र्धनका कुराहरु, शुद्ध पानी वितरणका कुराहरुलाई अब विशेष प्राथमिकतामा राख्नेछौँ ।

यहाँले पर्यटन प्रवद्र्धनको प्रसङ्ग उठाउनु भयो । तपाईंको अध्यक्षतामा रहेको बिर्तामोड वडा नं. १० ले चाहिँ पर्यटन क्षेत्रको विकासका लागि के कस्ता कार्यक्रम बनाएको छ ?

हाम्रो वडामा ३ वटा पोखरीहरु छन् । ती तीनैवटै पोखरी यस ठाँउका पर्यटन विकासका मूल स्रोतहरु हुन् । अबका दिनमा हामी यी तनवटै पोखरीलाई राम्रोसँगले व्यवस्थापन गरी पर्यटकहरुलाई आकर्षित गर्ने कार्यक्रम बनाउनेछौं । यसका लागि केही समय पक्कै लाग्छ । तर हामी छिट्टै गर्नेछौँ ।

तपाईंको वडामा प्रथम सैनिक महोत्सव भरखरै सम्पन्न भएको छ । कति सफल रह्यो पहिलो पटक आयोजित महोत्सव ?

मैले पहिलेदेखि नै सोचेको थिएँ, यदि म वडाध्यक्ष बनेँ भनेँ म ऐतिहासिक मेला लगउँछु । यो वडा नेपालकै जातीय विविधता भएको स्थान हो । नेपालमै लोपोन्मुख दराई जातिको समेत यही वडामा बसोबास छ । यसैले मेलामा धेरैथरि संस्कृतिका मानिसाहरुले आफ्नो सहभागिता जनाएका थिए । आ–आफ्ना कलाको प्रस्तुति गरे । विभिन्न संस्कृति अंगाल्ने समुदायका मानिसबीच यसले आत्मीयता बढाएको छ । मेला हेर्न झापामात्रै होइन, छिमेकी जिल्लाहरुबाट पनि मानिसहरुको घुइँचो लागेको थियो । यसर्थ पनि मेला सफल र राम्रो बन्यो भन्ने मेरो बुझाई छ ।

अन्त्यमा, साझामञ्चमार्फत् केही भन्न चाहानुहुन्छ ?

मलाई मतदान गरी विजय गराउनु हुने सम्पूर्ण मतदाताप्रति मेरो उच्च सम्मान छ । म निस्वार्थरुपमा सधैँभर देश र जनताका लागि सेवा गर्नेछु । आज भोलि विभिन्न खालका भ्रष्टाचारका खबर समाचारका विषय बन्न थालेका छन् । म रहुन्जेलसम्म यस ठाउँमा यस्तो आपराधिक गतिविधि हुन दिने छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *