Sajhamanch Archive

सहकारीहरुको अग्रसरतामा अब ठूलो मात्रामा कृषि उत्पादन गर्नु पर्दछ : प्रम ओली

Published: in राजनीति, राष्ट्रिय समाचार, सहकारी by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले अब ठूलोमात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन् । ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिएका छन् । “हाम्रो अहिलेको समस्या भनेको खेतीको खण्डिकरण हो । यसलाई रोक्नु पर्दछ र चक्ला खेती सुरु गर्नु पर्दछ” प्रधानमन्त्री ओलीको भनाई छ । “भूगोल अनुसार जेजस्तो बाली उत्पादन हुन्छ, त्यसैको खेती गरी ठूलो मात्रामा उत्पादन गर्नुपर्दछ । जसले गर्दा बजारीकरणमा समस्या हुँदैन” प्रधानमन्त्रीले भनेका छन् ।

किसानले कहिले सब्जी सडकमा फालेको, कहिले दूध पोख्नु परेको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले सानोमात्राको उत्पादनले यस्तो समस्या आएको जिकिर पनि गरे । “एक डोको कोवी किन्न कोही आउँदैन, एक ड्रम दूध किन्न पनि ग्राहक भेटिँदैन” प्रधानमन्त्री ओलीले थपे, “गाउँभरि एकै प्रकारकोे सब्जी उब्जाउने हो र धेरै टन दूध उत्पादन गर्ने हो भने ग्राहक खेतखेतै र गोठगोठै पुग्छन् । किसानले उचित मूल्य पनि पाउँछन् ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *