नेपाल सरकारबाट दुई लाख रुपैयाँ नगदसहित एनएमसी पुरस्कृत
Published:
by .झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले दुई लाख रुपैयाँ राशीको राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।
६२औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलाई उक्त पुरस्कार रकम प्रदान गरेका हुन् ।
नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रदान गरेको सम्मान पत्रमा सहकारी व्यवसायमार्फत् सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा उल्लेख्य योगदान पुर्याएवापत नगदसहित सम्मानपत्र प्रदान गरिएको उल्लेख छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल र सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरेको सम्मानपत्र तथा पुरस्कार प्रदान गरिने कार्यक्रममा सयौं सहकारी अभियन्ताहरुको सहभागिता थियो ।
Comments