Sajhamanch Archive

सरकारले करै कर लगाएर जनतामा निराशा बढाएको छ : सभापति देउवा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले केपी ओलीको सरकारले स्थानीय देखि संघीय सरकारतहका सवैक्षेत्रमा करै कर लगाएर जनतामा निराशा बढाएको बताउनुभयो ।

उहाँले आगामी निर्वाचनमा नेपाली काग्रेस नै पहिलो पार्टी बन्ने ठोकुवा गर्दै कार्यकर्तालाई संगठन निर्माणमा लाग्न जोडदिनुभयो ।

कपिलवस्तुको तौलिहवा छैठौं प्राचिन कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले रामग्राम, लुम्बिनी र तिलौराकोट बुद्धको ऐतिहासिक स्थल विश्वमै प्रसिद्ध भएकाले यसको प्रचार प्रसार र सम्वर्धनमा जोड दिनुपर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रिय गौरवको बुढिगण्डकी आयोजना सरकारले चिनिया कम्पनीलाई दिएको प्रति आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले नेपाली जनतासंग लगानी गर्न प्रंशस्त पैसा हुँदाहुदै पनि चिनिया कम्पनीलाई दिनु सरासर गलत भएको आरोप लगाउनुभयो ।

त्यस्तै काग्रेसका महामन्त्री डा। प्रकाश शरण महतले काग्रेस पार्टीकै नेतृत्वमा मुलुकमा परिवर्तन आएको दावी गर्नुभयो ।

नेता महतले कम्युनिष्टले काम भन्दा पनि कुरा बेचिरहेकाले नेपाली जनतालाई काममा विश्वास गर्न आग्रह गर्नुभयो ।

देशका उद्योग व्यवसायीलाई धराशयी हुन बाट बचाएर मुलुकमै रोजगारी र विकासका लागि उद्योग व्यवसायलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा चैत्र १८ गतेदेखि ३० गते सम्म संचालित हुने छैठौं प्राचिन कपिलवस्तु महोत्सवको उद्घाटन गर्न कपिलवस्तु आइपुगेका काग्रेस सभापति देउवालाई १९ केजीको फुलमालाले अभिनन्दन गरेका थिए ।

कार्यक्रममा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले कपिलवस्तुको धार्मिक तथा ऐतिहासिक महत्व बोकेका बुद्ध स्थलहरुको पर्यटकीय विकास र कृषि क्षेत्रको प्रवर्धनका लागि महोत्सवको आयोजना गरेको बताउनुभएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *