Sajhamanch Archive

अनैतिक सम्बन्ध लुकाउन हत्या गर्ने पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

पाल्पा । पाल्पाको रिब्दीकोट गाँउपालिका ५ नयाँटोलकी ५० वर्षीया ओमकुमारी घर्तीको हत्याको आरोपमा पक्राउ परेका स्थानीय ४६ वर्षीय नुरबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले गएको फागुन २४ गते हराएकी ओम कुमारीको शव एक हप्तापछि घर नजिकैको खरबारीमा भेटेको थियो ।

हत्याको आरोपमा विकलाई प्रहरीले सोमबार मात्रै पक्राउ गरेको थियो ।

दुई वर्ष अघिदेखि ओमकुमारी र नुर बहादुरबीच अनैतिक सम्बन्ध रहेको भेटिएको र ओम कुमारीले विवाह गर्न दबाब दिँदा नुर बहादुरले उनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

ओमकुमारीको हत्यामा विकले प्रयोग गरेको फलामको रड, ओमकुमारीको साथमा रहेको कपडा, झोलासमेत प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले बिहेका लागि भाग्ने तयारी गरी नुरबहादुरलाई फोन गरेर ओमकुमारी घरबाट हिँडेको र सोही दिन नुर बहादुरले उनको हत्या गरेको खुल्न आएको जानकारी दिनुभयो ।

पक्राउ परेका विकले अनैतिक सम्बन्ध लुकाउन आफूले ओमकुमारीको हत्या गरेको स्वीकारेका छन् । हत्यामा संलग्न भनिएका विकको घरमा श्रीमतीसँगै २५ वर्ष बढी उमेरका दुई छोराहरु छन् भने मृतक ओम कुमारी घर्तीका छोरा बुहारी छन् । उनका श्रीमान्को २५ वर्ष अघि नै मृत्यु भइसकेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *