Sajhamanch Archive

डोल्पामा आगलागीबाट ३५ लाखको क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

डोल्पा । हिमाली जिल्ला डोल्पामा बुधबार राति आगलागी भएको छ। तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं पाँच मा पर्ने सुर गाउँमा आगलागी भएको हो। आगलागीमा परेर स्थानीय मानबहादुर शाहीको घर जलेर नष्ट भएको छ।

विद्युत् लाइन सर्ट हुँदा भएको आगलागीबाट घर, तत्ताकपडा, अन्नपात सबै सखाप भएकाले आफू घरवारविहीन भएको पीडित शाहीले गुनासो गरे। आगलागीबाट ३५ लाख बराबरको क्षति भएको उनले बताए।

आगलागीप्रति कर्णाली प्रदेशसभा सांसद वीरबहादुर शाहीले दुख ब्यक्त गरे। उचित राहतका लागि प्रदेश सरकारसँग पहल गर्नेसमेत उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *