Sajhamanch Archive

‘भोलिदेखि पश्चिमबाट मौसम सुधार हुँदै जान्छ’

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । मौसमविदले आज पनि देशभर बदली हुने बताएका छन् । साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान पनि छ ।

अहिले प्रि मनसुन सिजन अलि बढी सक्रिय देखिएको छ । त्यसैले केही दिनयता बादल लाग्ने, वर्षा हुने र हावाहुरी चल्ने क्रम जारी छ । आज पनि यस्तो अवस्था देशभर नै रहने छ ।

तर, आइतबारदेखि पश्चिम क्षेत्रबाट मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद वरुण पौडेलले बताए । भोलि पश्चिम क्षेत्रबाट केही सुधार हुन्छ । मध्य र पूर्वमा भने केही दिन लाग्छ । काठमाडौंमा पनि भोलिबाट केही सुधार हुने देखिएको छ ।’

यद्यपि मौसमी प्रणाली छिटोछिटो परिवर्तन हुने हुँदा पूर्वानुमान गर्न गाह्रो हुने मौसमविदहरु बताउँछन् ।

मौसमविदहरुका अनुसार नेपालमा सामान्यता मार्च, अप्रिल र मेसम्म प्रिमनसुन गतिविधि हुन्छ र जुन १० बाट मनसुन सुरु हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *