Sajhamanch Archive

नागढुंगाबाट लागुऔषधसहित दुईजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालिका १४ मनिस कुमार साह र बाँके कोहलपुर नगरपालिका १५ का सन्तोष यादव रहेका छन् ।

साहलाई विरगंजबाट काठमाडौं आउँदै गरेको ना ८ च ३७९१ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा पक्राउ गरिएको हो । उनको साथबाट डाईजेपाम, नुफिन र फेनरागन गरी ३ सय १ एम्पुल बरामद गरिएको छ ।

त्यसैगरी यादवलाई नेपालगंजबाट काठमाण्डौं आउँदै गरेको ना ७ ख २७७६ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा पक्राउ गरिएको हो । उनको साथबाट नाईट्भेट २६ ट्याब्लेट र स्पार्ट १९ ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *