Sajhamanch Archive

बर्डफ्लुको संक्रमण भेटिएको आसपासका ठाउँबाट पन्छीको मासु नकिन्न विज्ञको सुझाव

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौँका विभिन्न ठाउँमा कागमा पनि बर्डफ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ ।

बाँस घारी बढि भएका क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लूको संक्रमण भेटिएको विभागले पुष्टि गरेको हो । लैन चौर तथा नारायणहिटी दरबार क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लू भाइरस एच फाइभ एन वान पाइएको विभागको भनाइ छ ।

यसैबीच, विभागले सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान आग्रह गरेको छ ।

काठमाडौँको तारकेश्वर र टोखा नगरपालिकाका विभिन्न फर्ममा रहेका कुखुरामा पनि संक्रमण देखिएको थियो ।
व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न विभागको सुझाव छ ।

खानेलाई भन्दा मासु काट्ने, किनेर ल्याउने, कुखुराको हेरचाह गर्नेलाई रोग सर्ने जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ ।

यता, ललितपुरको गोदावरी नगरपालिका, भक्तपुरको सूर्य्विनायक नगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, कास्कीको मादी गाउँपालिका, मोरङ्गको सुन्दरहरैचा नगरपालिका तथा सुन सरीको इटहरी नगरपालिकाका फर्ममा पनि बर्ड फ्लू पुष्टि भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *