Sajhamanch Archive

काँकरभिट्टाबाट ब्राउनसुगरसहित एक जना पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

झापा । काँकरभिट्टाबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकरभिट्टाले १ ग्राम ब्राउनसुगरसहित विर्तामोड ५ का १९ वर्षीय विकास राजवंशीलाई आइतबार पक्राउ गरेको हो ।

भारतको पानीट्याँँकीबाट नेपालतर्फ आउँदैगर्दा शंका लागि चेकजाँच गर्ने क्रममा राजवंशीले लगाएको पाइन्टको चेन घरमा प्वाल पारेर लुकाई छिपाई ब्राउनसुगर ल्याएको फेला परेको व्युरोले जनाएको छ ।

व्युरोका अनुसार ३ सय मिलिग्राम ब्राउनसुगर कसैले बोकेमा लागूऔषध सम्बन्धि मुद्दा दर्ता गर्न सकिने कानुनी व्यवस्था छ । राजवंशीलाई लागूऔषध ओसारपसारमा मुद्दा दर्ता गरिने र आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाईएको प्रहरीले जनाएको छ ।

लागूऔषध एैन २०३३ मा लागूऔषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुईबर्षदेखि १५ बर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिवाना तथा प्रयोगकर्तालाई एकमहिनाको कैद तथा दुईहजार रुपैयाँ जरीवाना हुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *