Sajhamanch Archive

धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३५ घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ ।

प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन ।

घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *