Sajhamanch Archive

शीर्ष नेताबीच सहमति जुटाउने प्रयासमा सभापति देउवा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । केन्द्रीय विभाग गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूबीच सहमतिको प्रयास थालेका छन।

पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन सोमबारदेखि प्रयास थालेका हुन। सभापति देउवाले बूढानीलकण्ठस्थित निवासमा बिहानैदेखि पदाधिकारी बैठक बोलाएर विभाग गठन सम्बन्धमा छलफल गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन। तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन।

गत शनिबारका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका कार्यसूचीमा शीर्ष नेताबीच सहमति नभएपछि बस्दै नबसी स्थगन गरिएको थियो। बैठकमा कार्य सम्पादन समिति गठन, संसदीय बोर्ड गठन, केन्द्रीय विभाग गठनलगायत कार्यसूची थियो। विधानतहः विभाग गठनको अधिकार सभापति देउवालाई भए पनि सबै पक्षको सहमति जुटाउन छलफल गरिएको पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

विभागका संयोजक तोक्न केन्द्रीय समिति बैठक बस्न पनि आवश्यक नभएको बताउँदै उनले केन्द्रीय समितिको आगामी बैठकअघि नै विभागका संयोजक तोक्ने तयारी भइरहेको जानकारी गराए।

त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा शीर्ष नेताबीच संख्यामा सहमति भए पनि नामका बारेमा समेत आजको बैठकमा छलफल भएको थियो।

कांग्रेसको नयाँ विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारीबाहेक ३१ सदस्य चयन हुने प्रावधान छ। बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र निधि, महामन्त्री डा। शशांक कोइराला, प्रवक्ता शर्मालगायतको उपस्थिति थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *