Sajhamanch Archive

सुदूरपश्चिमको तीन जिल्लामा भूकम्पको धक्का

Published: in राष्ट्रिय समाचार, समाज by .

बैतडी । सुदूरपश्चिम प्रदेशमा मंगलवार बिहान भूकम्पको धक्का सहसुुस गरिएको छ।

बिहान ८ः३७ बजे बैतडी, दार्चुला र बझाङमा भूकम्पको महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलब ६ रिक्टर स्केलको पराकम्प गएको हो।

यसअघि चैत ४ मा भारत र चीनको सीमा आसपास दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार तीन पटक पराकम्प गएको थियो।

गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको पराकम्प जाने गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *