Sajhamanch Archive

सांसद राजेन्द्र लिङ्देन तनावमा पर्नुको कारण यस्तो पो !

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन केही दिनदेखि तनावमा थिए ।

करिब एक साताको मौनतापछि ‘कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?’ भन्दै ट्वीट गरेपछि कतिपयले उनको तनावको पूर्वमान लगाए । तर, धेरै गम्भीर रुपमा लिएनन् किनभने उनले कतै उजुरबाजुर गरेका थिएनन् ।

मंगलबार अनलाइनखबर कुरा गर्दै उनले खुलाए, दुई सातादेखि धम्की मिश्रित फोन आइरहेको छ । ‘तँलाई मार्न ५० लाख रकम दिइसकेको छु । अब बाँच्दैनस्’ भन्दै कहिले ह्वाट्स एप त कहिले मोबाइलमा फोन गरेर आउने गरेको छ ।

‘एउटा आवाजबाट मलाई धम्की दिइन्थ्यो भने अर्को आवाजबाट मलाई मार्न पैसा दिएकाले सचेत हुन भनिन्थ्यो’ लिङ्देन भन्छन् । उनका अनुसार काठमाडौंमै भएका बेला त्यस्तो फोन आएपछि उच्च प्रहरी अधिकारीसँग छलफल पनि गरेका रहेछन् । यद्यपि, लिखित उजुरी भने दिएनन् ।

प्रहरीले सुक्ष्म अनुसन्धान थाल्यो । त्यसक्रममा झापाबाट एक जना व्यक्ति पक्राउ परेका छन् । तर, उनले किन लिङ्देनलाई त्यसरी फोन गरे भन्ने खुलेको छैन ।

दुई जनाको स्वरमा फोन गरिए पनि दुवै व्यक्ति एकै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनामा अन्यको पनि संलग्नता हुने आशंकामा अनुसन्धान भइरहेको छ ।

अन्य व्यक्ति पक्राउ परेपछि मात्रै लिङ्देनलाई दिइएको धम्कीबारे थप खुल्ने प्रहरी बताउँछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *