Sajhamanch Archive

फरुवा प्रहार गरी हत्या

Published: in राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका १ का ५० वर्षीय बासमती रानाको फरुवा कोदालो प्रहार गरी हत्या गरिएको छ।

छिमेकी २५ वर्षीय निरज रानाले आपसी विवादमा सोमबार टाउकोमा कोदालो प्रहार गर्दा सोही चोटका कारण रानाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए। कोदालो प्रहार गर्ने निरजलाई नियन्त्रणमा लिई अनुसन्धानको कार्य अगाडि बढाइएको छ।

प्रारम्भिक घटनास्थलको अनुसन्धान कार्य पूरा गरी मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ।

घटना सम्बन्धमा थप अनुसन्धानको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *