Sajhamanch Archive

उद्योगी दिवाकर गोल्छाको निधन

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । गएराति भारतमा उपचारको क्रममा उनको निधन भएको हो । भारतको चेन्नईमा उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । २०६४ सालमा नेपाली कांग्रेसबाट संविधानसभामा प्रतिनिधित्व गरेका गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको हो ।

खाद्यान्न, सुगर मिल, हुलास जस्तापातालगायतका उद्योग उनले नै स्थापना गरेका थिए । पारिवारिक स्रोतका अनुसार राति साढे १२ बजे उनको निधन भएको हो । उनी एक वर्षदेखि किड्नीको बिरामी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *