Sajhamanch Archive

आशीर्वाद लिएर कर्मचारी हिँडे सगरमाथा नाप्न,जिद्धी नगर्न प्रधानमन्त्रीको ओलीको सुझाव

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई विदाइ गरेका छन्।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली त्यता जानका लागेका हुन्। टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। ्

टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित शुभकामना तथा बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यसको प्रतिवदेन आधिकारिक हुने बताए।

‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुदैछ। तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला’ प्रधानमन्त्री ओलीले भने ‘तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ।’ प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिए । तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाएका छन्।

‘लक्ष्यमा अडिग रहनुहोस तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस। सगरमाथा त्यही हुन्छ। अर्को पटक गएर नापेर आए हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘गाइडको निर्देशन पालना गर्नुहोला।’

सरकारको तर्फबाट गर्न लागिएको सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

विदाइ कार्यक्रममा मन्त्री पद्मा अर्यालको उपस्थिति रहेको थिया।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *