Sajhamanch Archive

हेल्प नेपाल नेटवर्कद्वारा हावाहुरी पीडितलाई राहत वितरण

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सामाजिक क्रियाकलापमा विगत १९ वर्षदेखि सक्रिय रहँदै आएको सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले बारा पर्सामा आएको हावाहुरीबाट पीडित परिवारलाई राहत प्रदान गरेको छ ।

नेटवर्कले आँधीहुरी प्रभावित क्षेत्रमा तत्कालै राहत प्रदानको कामलाई तिव्रता दिएको थियो । हेल्प नेपालका स्वयम्सेवकहरुले स्थानीय र प्रदेश सरकारको समन्वयमा सहयोग गरेको हेल्प नेपालकी सचिव लता घिमिरेले बताइन् ।

आँधी प्रभावित क्षेत्रमा हेल्प नेपालले म्याट्रेस, झुल, पानी स्वच्छ तुल्याउने औषधि, स्यानीटरी प्याड, बाल्टिन, मग र जीवन जललगायतका सामग्री वितरण गरिएको हेल्प नेपालका उपाध्यक्ष तथा विपत व्यवस्थापन समितिका संयोजक रवि मानन्धरले बताए ।

बारामा यही चैत १७ गतेको हावाहुरीबाट २७ जनाको मृत्यु हुनुका साथै सयौं प्रभावित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *