Sajhamanch Archive

माडीमा पार्क बनाउन १० करोड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रिल २२ सम्ममा तल्लो तहसम्मको पार्टी एकता टु्ङ्गिने बताएका छन् । माडीमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिलमा तल्लो तहसम्मको कमिटी सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए ।

विसं २००६ अप्रिल २२ तारिखका दिन भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । उनले चितवनको विषयमा कुनै समस्या नभए पनि अन्य केही जिल्लामा समस्या देखिएका कारण एकतामा ढिलाइ भएको जानकारी गराए ।

उनले स्थानीय तहमा हुने गतिविधिमा सघाउन कार्यकर्तालाई निर्देशन दिएको दाहालको निर्वाचन क्षेत्र हेर्दै आएकी स्वकीय सचिव निशा न्यौपानेले बताइन् । सो क्रममा अध्यक्ष दाहालले निकुञ्ज ऐनयुद्धस्तरमा बनिरहेको र जनतामैत्री ऐन बन्ने दाबी गरे । निकुञ्जका कारण जनताले दुःख नपाउने गरी छिट्टै जनमैत्री निकुञ्ज ऐन आउने उनको भनाइ थियो ।

उनले बाँदरमुढेमा पार्क निर्माणका लागि १० करोड विनियोजन गर्ने प्रतिबद्धता जनाए । पार्कले रोजगारी सिर्जना हुने र आयआर्जन गर्न मिल्ने गरी निर्माण गरिने उनले बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले आफ्नो पहलमा हालसम्म माडी क्षेत्रमा विकासका लागि नगरपालिकामार्फत् ३८ करोड र सङ्घीय सरकारमार्फत् एक अर्ब ६३ करोड बजेट विनियोजन भइसकेको जानकारी गराए ।
रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *