Sajhamanch Archive

विप्लव नेतृत्वको समूहका नेता वलीलाई सर्वोच्च ल्याइयो

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूह नेकपाका नेता हेमन्त प्रकाश वलीलाई सर्वोच्चमा ल्याइएको छ।

वलीलाई न्यायाधीशद्वय अनिल सिन्हा र टंक मोक्तानको इजलासमा सुनुवाइ भइरहेको छ।

गत बिहीबार सर्वोच्चले वलीलाई पक्राउ गरिएकोबारे सरकारसँग लिखित जवाफ सहित उपस्थित गराउन आदेश दिएको थियो हेमन्तकी छोरी विपना वलीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो आदेश दिएको थियो।

केही समय पहिले काभ्रेबाट पक्राउ परेका उनी विप्लवपछिका तेस्रा नेता हुन्। उनले नक्खु बम विस्फोटको जिमेमवारी लिएका थिए। प्रतिबन्ध लागेपछि पक्राउ परेका उनी नै विप्लवका ठूला नेता हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *