वीर अस्पतालका डाक्टरलाई काममा फर्किन कर्मचारी युनियनको आग्रह
Published:
by .काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन वीर अस्पतालले आन्दोलरत सरकारी चिकित्सकलाई सेवामा फर्किन आग्रह गरेको छ ।
युनियनका सचिव दीपक मुडवरीले बुधबार विज्ञप्ति जारी गरि जायज मागलाई वार्ताकै माध्यमबाट समाधान खोज्दै विरामीको सेवामा फर्किन अपिल गरेका हुन् ।
सरकारी चिकित्सकको आन्दोलनले देशकै सबैभन्दा ठूलो वीर अस्पतालमा आउने हजारौ विरामी मर्कामा परेको भन्दै कर्मचारी युनियनले वार्ताबाट समस्याको समाधान खोज्न सरकार तथा चिकित्सकसँग आग्रह गरेको हो ।
Comments