Sajhamanch Archive

स्ववियु निर्वाचन १० जेठभित्रै

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ।

बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाश्ति छ ।

विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले बताए। ‘हामीले छिटोभन्दा छिटो मिति घोषणा गरेर अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिएका छौँ,’ उनले भने ।

बैठकमा अनेरास्ववियुका उपाध्यक्ष आचार्यसहित, अनेरास्ववियु क्रान्तिकारीका कार्यबाहक अध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैटौँका अध्यक्ष विमल पोखरेललगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *