Sajhamanch Archive

खुकुरी हानाहानमा दुई घाइते, दुई पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहामा सञ्चालन भइरहेको रामलीला हेर्न गएका दुई युवाको समूहबीच खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन।

बिहीबार राति १० बजेको समयमा युवाको समूहबीच विवाद भइ खुकुरी हानाहान हुँदा २० वर्षीय सोनु राना र वर्षीय १९ को ओमी राना घाइते भएका हुन। घाइते दुवै जनाको झलारी स्थित निजी मेडिकलमा उपचार भइरहेको छ।

सोनुको टाउकोमा र ओमीको नाडीमा गहिरो घाउ रहेको छ। शरीरका विभिन्न भागमा निलडाम समेत रहेका छन। घाइते मध्येका ओमीले रामलीला हेर्न बसेका बेला एक्कासी आक्रमण गरी घाइते बनाएको बताए। खुकुरी प्रहार गर्ने मध्येका राम बहादुर बिष्ट र सुनिल रानालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

‘खुकुरी प्रहार गर्ने समूहका किरण रावलसहित चार जना फरार रहेकाले खोजी कार्य जारी रहेको छ’ उनले भने। पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान गरी मुद्दा दर्ता गरिने उनले बताए।

 

थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *