Sajhamanch Archive

अध्यक्ष प्रचण्ड : नयाँ वर्ष समाजवादी क्रान्तिको आधार निर्माण गर्ने वर्षका रुपमा रहोस्

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०७६को उपलक्ष्यमा समस्त नेपालीजनमा शुभकामना व्यक्त गर्दै नयाँ वर्ष समाजवादी क्रान्तिको आधार निर्माण गर्ने वर्षका रुपमा रहोस् भन्ने कामना गर्नु भएको छ।

आज एक फेसबुक पोस्ट गर्दै उनले “नव वर्ष २०७६ सालको सुखद अवसरमा देश विदेशमा रहनुभएका समस्त नेपालीको उत्तरोत्तर प्रगती तथा समृद्ध जीवनका लागि मेरो व्यक्तिगत तथा परिवार एवं पार्टीका तर्फबाट हार्दिक शुभकामना” व्यक्त गरेका छन् ।

शुभकामनाको पूर्ण पाठः

नव वर्ष २०७६ सालको सुखद अवसरमा देश विदेशमा रहनुभएका समस्त नेपालीको उत्तरोत्तर प्रगती तथा समृद्ध जीवनका लागि मेरो व्यक्तिगत तथा परिवार एवं पार्टीका तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु । यो वर्ष समतामुलक समृद्धिमार्फत समाजवादी क्रान्तिको आधार निर्माण गर्ने वर्षका रुपमा रहोस, स्थायी शान्ति तथा विकासको वर्षका रुपमा रहोस् । नेपाली जनताले संविधान निर्माणमार्फत देखेका सपना पूरा गर्ने वर्षका रुपमा रहोस् । सबैमा हार्दिक मंगलमय शुभकामना !!

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *