Sajhamanch Archive

एसएसपी राईलाई दर्ज्यानी चिह्न

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका टेकप्रसाद राईलाई दज्र्यानी चिह्न प्रदान गरेको छन्। शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अब्बल कामका लागि संगठनले सदैब उचित मूल्याङ्कन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले एसएसपी राईलाई थपिएको जिम्मेवारी पूरा गर्न आगामी दिनमा पनि अझै राम्रो काम गर्नुपर्ने सुझाव दिए।

सरकारले गत फागुन ७ मा राईलाई एसएसपीमा बढुवा गरेको थियो। राई संयुक्त राष्ट्र संघीय मिसन, फर्म पुलिस युनिट सुडानमा कार्यरत रही हालै स्वदेश फर्किएका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *