Sajhamanch Archive

विप्लव समूहका कृष्णपुर नगर सेक्रेटरी भट्ट पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका नगर सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। ‘पक्राउ परेका भट्टको साथबाट पार्टी संगठनको योजना र संगठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्तका किताबसमेत बरामद गरेका छौं’ उनले भने।

कृष्णपुरकै क्रसर उद्योगमा केही दिन अघि जेसिभीमा आगजनीमा संलग्नता भए नभएको बारे भट्टसँग सोधपुछको कार्यसमेत शुरु गरिएको छ। भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *