Sajhamanch Archive

आगलागीबाट तीन चौपाय मरे

Published: in राष्ट्रिय समाचार, समाज by .

रौतहट । जिल्लाको बौधीमाई नगरपालिकामा राति भएको आगलागीमा परेर गोरु र बाख्रा मरेका छन्। जिल्लाको बौद्धिमाई नगरपालिका(६ पिपरियाका गुलाबी राय यादवको गोठमा शुक्रबार राति आगलागी हुँदा १ गोरु र २ वटा बाख्रा गरी तीन चौपाय मरेको इलाका प्रहरी कार्यालय कोपुवाका प्रहरी नायब निरीक्षक लतिफ अंसारीले जानकारी दिए।

बेलुका गोठमा लामखुट्टे भगाउन बालिएको धुपबाट सल्किएर आगलागी भएको हुनसक्ने प्रहरी नायब निरीक्षक अंसारीले जानकारी दिएका छन्। उक्त आगलागीबाट गो पूरै जलेर नष्ट भएको छ।

पीडित परिवार गुलाबी राय यादबलाइ सोही बौधीमाई नगरपालिका(६ का वाड अध्यक्ष २१ हजार नगद र ४ वटा त्रिपाल सहयोग गरेका छन्। यता, नगर प्रमुख राजीव रंजन यादवले पनि पीडित परिवारलाई सहयोग गर्ने बताएका छन्।

विपन्न परिवारका पीडित परिवारलाई नगरपालिकाले सक्दो सहयोग गर्ने नगर प्रमुख यादबले बताए। आगलागीबाट अडाइ लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *