Sajhamanch Archive

प्रधानमन्त्री निवाससामू नारा : बालुवाटार बेच्ने सिंहदरबार पनि बेच्लान्, होसियार !

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटार अगाडि प्रर्दशन गरेको छ।
प्रधानमन्त्री निवासको जग्गा व्यक्तिलाई बिक्री गरिएको विरोधमा विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेको हो।

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान एक घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेको हो।

प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए।

उनले विरोध प्रर्दशनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दबाब दिइएको बताए।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन थालेको हो।

प्रवक्ता आचार्यले प्रधानमन्त्री निवासको जग्गानै अपचलन गर्ने गम्भिर प्रकृतिको घटना बाहिर आएको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारलाई खवरदारी गर्न पनि सबै नागरिक समाज, पार्टी र संचारकर्मीहरूलाई पनि आह्वान गरेका थिए।

प्रर्दशनको क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरूको सम्पत्ति छानबिन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’। लेखिएका प्ले कार्ड पनि प्रर्दशन गरिएका थिए।

उक्त प्रकरुणबारे सरकारले एक हप्ता अघि नै प्रधानमन्त्री निवासको जग्गा बिक्री गर्न रोक गराउने निर्णय गरेको थियो।

विवेकशील साझा पार्टीले सरकारको उक्त निर्णयको स्वागत गर्दै सो घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई दबाब दिँदै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *