डन्डिफोरले गयो दुई करोडको अफर
Published:
by .दक्षिण भारतीय फिल्म अभिनेत्री साई पल्लवीले आफ्नो पहिलो फिल्म फिदाबाट नै दर्शकलाई फिदा बनाइन्। उनी साउथ फिल्म उद्योगमा आफ्नो अलग अभिनयका लागि चिनिन्छिन्।
तर उनले हालै दुई करोड रुपियाँको विज्ञापनमा काम गर्न अस्वीकार गरेकी छिन्। कारण थाहा छ किन ? तपाईलाई अचम्म लाग्न सक्छ, कारण हो अनुहारमा भएको डण्डीफोर।
एक फेएरनेस क्रिमको विज्ञापनका लागि दुई करोडको अफर उनले आफ्नो अनुहारमा डन्डीफोर भएका कारणले अस्वीकार गरेकी हुन्।
उनका अनुसार आफूमा डण्डीफोरको समस्या भएकाले कुनै पनि फेयरनेस क्रिमको विज्ञापनमा काम गर्नु उचित नहुने ठानेर अफर अस्वीकार गर्नु परेको हो।
Comments