रात्रिकालीन फुटबलः मुनालले बिर्तामोडलाई हरायो
Published:
by .भद्रपुर । भद्रपुरमा जारी रात्रिकालीन भद्रपुर गोल्डकप प्रतियोगिताको सेमीफाइनलका समिकरण पूरा भएको छ ।
मंगलबार बेलुकी मुनाल क्लव चन्द्रगढी र युनाइटेड फुटबल क्लव बिर्तामोडबीच सम्पन्न खेलसँगै सेमीफाइनल समिकरण पूरा भएको हो । मंगलबारको खेलमा १–० गोलअन्तरले बिर्तामोडलाई पाखा लगाउँदै मुनाल सेमीफाइनमा प्रवेश गरेको छ ।
खेलको ६०औं मिनेटमा स्ट्राइकर राजिन सुब्बाले डी–बक्सभित्र हेडमार्फत गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । खेल अवधिभर बललाई आफ्नो नियन्त्रणमा लिए पनि बिर्तामोड गोल गर्नबाट चुकेको थियो ।
बिर्तामोडका तर्फबाट खेलको अन्त्यतिर गोल भए पनि अफसाइडका कारण मुनाल भाग्यमानी सावित भयो ।
अब सेमीफाइनलमा मुनालले बिहीबार न्यू स्टार क्लव खोपबाडीको सामना गर्नेछ भने बुधबार बेलुकी पहिलो सेमीफाइनल खेल कनकाई फुलबल क्लव र सैनिक युथ क्लवबीच हुनेछ ।
Comments